एकताका लागि अन्तिम प्रयास गर्दै एमालेका दोस्रो तहका नेताहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

एकताका लागि अन्तिम प्रयास गर्दै एमालेका दोस्रो तहका नेताहरु

काठमाडौं । नेकपा एमाले भित्रको चरम विवाद निरुपन तथा पार्टी एकता कायम गर्ने भन्दै औपचारिक तथा अनौपचारिक वार्तामा रहेका दोस्रो तहका नेताहरुबीच छलफल भएको छ ।

शुक्रबार ललितपुरको समिट होटलमा भएको वार्तामा २०७५ जेठ २ को अवस्थाबाटै पार्टीलाई एकतावद्ध बनाउने र नेकपाबाट एमाले बनेका पूर्वमाओवादीका नेता तथा कार्यकर्तालाई समेत समायोजन गर्दै पार्टीलाई मुर्तरुप दिने सहमति भएको वार्तामा सहभागी एक नेताले जानकारी दिएका छन् ।

वार्तामा अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङ र विष्णु पौडेल थिए भने नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी भएको ती नेताले जानकारी दिए । यसअघि गठित वार्ता टोलीको संयोजक समेत रहेका नेम्वाङले एमाले विभाजनको प्रयास सफल नहुने भन्दै केही दिनमा पार्टीको सयुक्त बैठक बस्ने बताएका थिए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २ कै अवस्थाबाट पार्टीलाई अघि बढाउने भन्दै नेपाल पक्षका नेताहरुलाई आह्वान गरिसकेकाले आशंका गर्नुपर्ने कुनै कारण नभएको नेम्वाङको तर्क छ । स्रोतका अनुसार जेठ २ अघिको बैठक पहिले बसेर त्यही बैठकले नेकपामा रहेका केन्द्रीय सदस्यहरूलाई थप्ने र पूर्वमाओवादी नेताहरूलाई पनि यथावत जिम्मेवारी दिएर समायोजन गर्ने गरी अघि बढ्न दुवै पक्ष सहमत भएका छन् ।

त्यसो भएपछि माधव नेपालसहितका नेताहरूमाथिको कारवाही फिर्ता लिने र संसद पुनःस्थापना भए पनि नभए पनि एमालेको नेतृत्वको सरकारका पक्षमा माधव पक्ष उभिने कुरा भएको छ ।तर,यता माधव कुमार नेपाल र भीम रावल लगायतका नेताहरुले पछिल्लो वार्तापछि आशंका व्यक्त गर्न थालेका छन्।

तर नेपाल पक्षका अन्य नेताहरुले भने जेठ २ मा ओली फर्किन तयार भएको भन्दै पार्टीलाई एक बनाउनुपर्नेमा जोड दिंदै आएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);