ओली र नेपालपक्षका नेताहरूबीच संवादलाई निरन्तरता दिने विषयमा समझदारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ओली र नेपालपक्षका नेताहरूबीच संवादलाई निरन्तरता दिने विषयमा समझदारी

काठमाडौं । पार्टी विवाद समाधानका विषयमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालपक्षका नेताहरूबीच संवादलाई निरन्तरता दिने विषयमा समझदारी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफल कुनै निष्कर्षमा नपुगेपनि संवादलाई निरन्तरता दिने विषयमा भने समझदारी भएको बताइएको छ । छलफलमा सत्तारुढ दुवै पक्ष जेठ २ र फागनु २८ को विकल्प खोज्ने पक्षमा रहेको जनाइएको छ ।

छलफल दुवै पक्षले राख्दै आएका अडानलाई कसरी सहज अवतरण गराउने भन्ने विषयमा केन्द्रित थियो । पार्टी मिलाउने प्रस्तावमा दुवै पक्ष सहमत भएपनि नेपाल पक्षको बटमलाइन जेठ २ को अवस्थामा फर्कने र फागुन २८ पछिका निर्णयहरु फिर्ता हुनुपर्ने रहेको छ ।

तर ओली पक्षका नेताहरुले मध्यमार्गी विकल्पमा जोड दिएको बताइएको छ । वार्तामा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार विष्णु रिमाल तथा खनाल नेपाल समूहबाट योगेश भट्टराई, घनश्याम भूसाल र गोकर्ण विष्ट सहभागी भएका थिए । आ आफ्ना समूहका नेताहरुसँग छलफल गरेर पुनः छलफलमा बस्ने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);