नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच भेट, छलफल सकारात्मक दिशातर्फ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच भेट, छलफल सकारात्मक दिशातर्फ

oli-dahal

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा नेकपाभित्रको विवाद र सचिवालयमा पेस भएका प्रस्तावको विषयमा छलफल भएको बताइएको छ । विवादका बीच दुई अध्यक्षबीचको भेट हुनुलाई प्रधानमन्त्रीले सकारात्मक कदमको रुपमा लिएको बालुवाटार स्रोतल ईमाउन्टेनटीभी अनलाइनलाई बताएको छ ।

गत आइतबार प्रधानमन्त्रीको अनुपस्थिति बिना नै बसेको स्थायी कमिटीको बैठकले सहमतिको लागि भन्दै सात दिनको समय छुट्याएको छ । सात दिनसम्म नेताहरूबीच औपचारिक र अनौपचारिक छलफल गर्ने, सचिवालय बस्ने र ओली र प्रचण्डले पेस गरेका प्रस्तावको बारेमा निष्कर्ष निकाल्न पहल गर्ने स्थायी कमिटीले निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);