मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछिको विवाद अझै साम्य | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछिको विवाद अझै साम्य

Mahendra-Bahadur-Shahi

कर्णली प्रदेश, ३० असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछिको विवाद अझै साम्य भएको छैन । कर्णाली प्रदेशमा नेकपामा देखिएको विवाद अन्त्यका लागि भन्दै छलफल गर्न बोलाईएपछि कर्णालीका नेकपा नेताहरु अहिले काठमाडौंमा हुनुहुन्छ । पार्टीका शीर्ष नेतृत्वलाई भेटी विवादबारे जानकारी गराउन उहाँहरुलाई अहिले भ्याइ नभ्याइ छ ।

अविश्वास प्रस्तावको नेतृत्व गर्नु हुने सांसद यमलाल कंडेलेको नेतृत्वमा रहेको टिमले शुक्रबार पार्टी अध्यक्ष अध्यक्ष पुष्पमकम दाहाललाई भेटी कर्णालीमा भएको विवादबारे जानकारी गराउनु भएको छ । यसबारेमा जानकारी दिन कँडेलसहित सांसदहरु मायाप्रसाद शर्मा र गुलाबजंग शाह दाहाल निवास खुमलटार जानु भएको थियो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही समूहले भने बिहीबार नै अध्यक्ष दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर विकसित घटनाक्रमबारे जानकारी गराइसक्नु भएको छ । मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले कर्णालीका मुख्यमन्त्री नेताहरुलाई काठमाडौं बोलाउनु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);