कर्णाली प्रदेश विवादमा नेकपा अध्यक्षद्वय बीच चार बुँदे सहमति | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

कर्णाली प्रदेश विवादमा नेकपा अध्यक्षद्वय बीच चार बुँदे सहमति

oli-prachanda

काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कर्णाली विवादबारे चार बुँदे सहमति भएको छ ।

मंगलबार बिहान अध्यक्षद्वयबीच भएको भेटघाटमा चार बुँदे सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले जानकारी दिनुभयो ।

थापाले जारी गरेको प्रेस नोटमा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने निर्णय भएको उल्लेख छ ।

त्यस्तै, प्रमुख सचेतकमा मुख्यमन्त्रीले नियुक्त गरेकी सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने सहमति भएको पनि उल्लेख छ ।

त्यस्तै मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको सल्लाहकार थापाले जनाउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);