भदौ १३ गते सचिवालय बैठक बोलाउने अध्यक्षद्वयबीच सहमति | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भदौ १३ गते सचिवालय बैठक बोलाउने अध्यक्षद्वयबीच सहमति

nekapa sachibalaya latest

काठमाडौं, ९ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी भदौ १३ गते बस्ने भएको छ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको सचिवालय बैठक भदौ १३ गतेलाई बोलाउने सहमति भएको हो ।

पार्टीका दुई अध्यक्षबीचकाे दुई घण्टा लामाे छलफल सकिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । ‘पार्टीका दुई अध्यक्षबीचकाे दुई घण्टा लामाे छलफल सकिएकाे छ । भदाै १३ गते ११ बजे पार्टी सचिवालयकाेे बैठक बाेलाउने सहमति भएकाे छ । एजेन्डा – कार्यदलले बुझाएकाे प्रतिवेदन रहेकाे छ ।’

सचिवालय बैठकमा बैठकमा कार्यदलको प्रतिवेदनबारे छलफल हुने बताइएको छ ।पार्टीको आन्तरिक बिवाद समाधानका लागि कार्यदलले १६ बुँदे सुझाव दिएको छ । कार्यदलले दिएको सुझाव सचिवालय बैठकमा छलफल भएपछि कार्यान्वयनमा लैजाने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);