स्थायी कमिटी बैठक बोलाउने नेकपाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

स्थायी कमिटी बैठक बोलाउने नेकपाको निर्णय

nekapa meeting

काठमाडौं, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीको स्थाई कमिटीको बोलाउने निर्णय गरेको हो । तर बैठकको मिति भने तय गरिएको छैन ।

बैंठकमा पछिल्लो समयमा पार्टीमा देखिएको असन्तुष्टिको बिषयमा छलफल भए पनि त्यसलाई स्थायी समितिको बैठकले टुंगो लगाउने निर्णय गरेको छ ।

बैठकमा बरिष्ठ नेताद्धय झलनाल खनाल र माधवकुमार नेपालले पार्टी र सरकारको काम गराइका बिषयमा आलोचना गरेका थिए । बैंठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालले आ आफनो बिदेश भ्रमणको बारेमा जानकारी गराएका थिए ।

बैंठकले प्रदेश कमिटी गठनलाई पूर्णता, जिल्ला कमिटी गठन, सरकार, संसद् र पार्टीका असन्तुष्टिहरुलाई अर्को बैंठकमा सम्बोधन गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैंठकमा स्थाई कमिटी कहिले बोलाउने भन्ने बिषयमा नेताहरुबीच सहमति नजुटेपछि २४ गते बस्ने सचिवालय बैंठकले टुंगो लगाउने सहमति भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);