काठमाडौंमा मात्र दैनिक सरदर २० करोड मुल्यको मासु खपत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

काठमाडौंमा मात्र दैनिक सरदर २० करोड मुल्यको मासु खपत

masu

काठमाडौं, २२ असोज । बजारमा महंगी बढेसंगै विस्तारै दशैंको चहलपहल पनि बढन थालेको छ । काठमाडौ उपत्यकामा मात्र अहिले दैनिक सरदर २० करोड मुल्य बराबरको ६ लाख किलो मासु खपत हुने गरेको छ ।

चाडपर्वहरु नजिकिदै गर्दा यसको खपतमा अझ बृद्धि हुने निश्चित छ । यति ठुलो परिमाणमा बिक्रि हुने मासु के वास्तवमै स्वस्थ र खानको लागि सुरक्षित छ त ? पशु सेवा विभागले चाडपर्वहरु नजिकिदै गर्दा मासु र मासुजन्य जनावरको ओसार पसार एंव बिक्रि वितरणमा देशब्यापी भरपर्दो अनुगमन गर्ने जनाएको छ । विशेष गरि दशै तिहार जस्ता ठुला चाडपर्बमा मासुको अत्याधिक खपत हुने हुनाले बजारमा विभिन्न चलखेल हुन सक्ने भन्दै अनुुगमन तिब्र पार्न लागिएको हो ।

उपत्यकामा दैनिक २० करोड रुपैयाँ बराबरको ६ लाख किलो मासु खपत भइरहेको छ । खपत हुने मासु स्वस्थ छ या छैन परीक्षणको व्यवस्था नै छैन । मासु एंव मासुको लागि प्रयोग हुुने जनावरहरुको नियमित अनुगमन भैरहेको भनिरहदा बजारमा अनुगमनको खासै प्रभावकारिता पनि देखिदैन । राजधानी काठमाडौको व्यस्त बजार मानिने सुन्धारा एंव न्युरोड जस्ता ठाँउहरुमै खुलेआम बाख्रा एवं ससाना पाठिहरु समेत काटी बिक्रि वितरण भैरहेको स्वयं व्यापारीहरु नै बताइरहेका छन ।

पशु बधशाला र मासु जाँच गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐन २०५५ अनुसार कुनै पनि पशुको बध गर्नु भन्दा अगाडि पशुको स्वस्थता जाँच गरिनु पर्छ । पशु स्वस्थ देखिएमा मात्र बध गर्ने भन्ने प्रावधान कानूनमा छ । अस्वस्थ मासुको बिक्रि वितरण गरेको भेटिएमा दश हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद हुन सक्ने कानूनी ब्यब्वस्था छ । उता स्वास्थ्यको लागि मासु त्यति फाईदाजनक चिज नभएको र यसको अत्याधिक भोजनले विभिन्न रोगको सिकार हुनुपर्ने चिकित्सकहरु बताउंछन ।

चाडपर्वमा धेरैजसोले अत्याधिक मासुको सेवन गर्ने परम्परा देखिन्छ । आफुले सेवन गरेको मासु साँच्चिकै स्वस्थ छ या छैन भन्नेमा भने कसैले ख्याल गरेको पाइदैन । जिब्रोको स्वादको लागि मासु रोज्ने कि स्वस्थ जीवन रोज्ने ? अब गम्भीर भएर सोच्न जरुरी देखिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);