मासिक ८ अर्ब बराबरको खसीबोकाको मासु खपत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मासिक ८ अर्ब बराबरको खसीबोकाको मासु खपत

काठमाडौँ, ४ असोज । नेपाली उपभोक्ताले मासिक अर्बौं रुपैयाँबराबरको खसीबोकाको मासु खपत गर्ने गरेको पाइएको छ। उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो। आयस्रोत कम भए पनि नेपालीले मासुका लागि अर्बौं रुपैयाँ खर्चिंदै आएको तथ्यांक छ।

नेपालीले खसीबोकाको मासुका लागि मात्रै वार्षिक ९९ अर्ब सात करोड रुपैयाँ खर्च गर्छन्। पशुपन्छी मन्त्रालयका अनुसार देशभर मासिक चार लाख ३० हजार खसीबोका खपत हुन्छन्। यसमध्ये झन्डै चार लाख खसीबोका स्वदेशमै उत्पादन हुन्छन् भने ३० हजार गोटा भारत, अमेरिका र अस्ट्रेलियाबाट आयात गरिएको तथ्यांक छ। खसीबोका आयातको ९८ प्रतिशत हिस्सा भारतको छ।

नेपाली बजारमा स्वदेश र आयातित खसीबोका औसत ३० किलोका भित्रिने गर्छन्। ३० किलोको खसीबोकाबाट २४ किलो तयारी मासु बन्छ। एक किलो खसीबोकाको मासुको उपभोक्ता मूल्य औसत आठ सय रुपैयाँ पर्छ। यसमा दसैंलगायत चाडपर्वको खपतलाई जोडिएको छैन। दसैंका बेला सामान्यभन्दा झन्डै आठ दोब्बर बढी मासु खपत हुने पाइएको छ।

दसैंको समयमा हुने कारोबारलाई जोड्दा वार्षिक करिब डेढ खर्ब मूल्यको खसीबोकाको मासु खपत हुँदै आएको छ। नेपालमा मासिक २२ करोड रुपैयाँबराबरको खसीबोका आयात हुन्छ। दसैंबाहेक सामान्य समयमा भारत, अमेरिका र अस्ट्रेलियाबाट मासिक २१ करोड रुपैयाँबराबरका ३० हजार गोटा खसीबोका नेपालमा भित्रिने गर्छ।

भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने गत साउन महिनामा मात्रै भारतसहित तेस्रो मुलुकबाट यो परिमाणमा मासुका लागि खसीबोका आयात भएको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);