दशैंका लागि भण्डै ४५ हजार खसीबोका तथा च्याङ्ग्रा उपत्यका भित्राउने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अप्सरा गौतम, २७ भदौ, काठमाडौं । दशैंका बेला खसीबोकाको माग अन्य समयको भन्दा उच्च हुन्छ । दशैंका लागि भण्डै ४५ हजारको संख्यामा खसीबोका तथा च्याङ्ग्रा उपत्यका भित्राउने तयारी गरिएको छ । स्वदेशी उत्पादनले माग धान्न नसक्ने भएपछि ९० प्रतिशत खसीबोका भारतबाट ल्याउने तयारी गरिएको छ ।

नेपाल कृषि प्रधान देश भनिए हरेक कृषि उत्पादन विदेशको भर पर्नुपर्ने बाध्यता छ । हरेक बर्ष दशैंका लागि ठूलो मात्रामा विदेशबाट खसीबोका तथा च्याङ्ग्रा आयत गर्ने गरिन्छ । यसपटक पनि दशैंका लागि भारतबाट खसिबोका आयात गर्ने तयारी गरीएको छ । दशैंको लागि काठमाडौं उपत्यका भित्राइने ९० प्रतिशत खसीबोका भारतबाट ल्याइने व्यवसायीहरुको भनाइ छ ।

 

नेपालमा वार्षिक करिब २८ अर्ब रुपैयाँ बराबरको मासु खपत हुने गरेको छ । मासुकै लागि हरेक बर्ष करिब १० अर्ब रुपौया बाहिरिने गर्छ । अझ दशैंका बेला त माग दश गुणाले बढ्ने व्यवसायीहरुको भनाइ छ ।

 

मासुको अत्याधिक उपभोग गर्ने परम्पराका कारण अन्य समयको तुलनामा दशैंमा मासुका खपत बढी हुन्छ । कृषक मेैत्री नियम कानुन, सरकारी अनुदानको सहज उपलब्धता तथा कृषि पेशालाई थप सम्मानजनक बनाउन पहल नगर्दा मासुमा पनि परनिर्भरता बढ्दै गएको छ ।

 

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);