आर्थिक स्वावलम्बन कार्यक्रममार्फत् महिला हिंसा न्यूनिकरण गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२७ भदौ, काठमाडौं । सरकारले आर्थिक स्वावलम्बन कार्यक्रममार्फत् महिला हिंसा न्यूनिकरण गर्दै लैजाने योजना अघि सारेको छ ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले आर्थिक स्वावलम्बन कार्यक्रममार्फत् महिला हिंसा जस्ता जघन्य अपराधका घटना अन्त्य गर्ने योजना बनाइएको जानकारी दिनु भएको हो । उहाँले महिलाहरुलाई आयआर्जनको माध्यामबाट सशक्त बनाउन सकेमात्रै महिला हिंसा जस्ता घटना न्यूनिकरण गर्न सकिने पनि स्पष्ट पार्नु भयो ।

मंगलबार काठमाडांैमा पत्रकार सम्मेलन गरी मन्त्री कोइरालाले मन्त्रालयका सुधारका लागि ३७ बुदे कार्ययोजना सार्वजनिक गर्दै महिला सशक्तिकरणको अभियानलाई तीव्रता दिन जोड दिने नीति लिइएको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री कोइरालाले महिला र सडक बालबालिकामाथि हुने अपराध नियन्त्रण गर्न सबै स्थानीय तहमा तत्काल उद्धार समूह गठन गर्न लागिएको पनि जानकारी दिनु भयो । उहाँले स्थानीय तहका सबै नागरिक समाजका अगुवाहरु समेतको प्रतिनिधित्व हुनेगरी गठन गरिएको उद्धार समूहले स्थानीय तहमा महिला र बालबालिकामाथि हुने अपराध अन्त्य हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

मन्त्री कोइरालाले जेष्ठ नागरिकहरुको सम्मानका लागि सबै प्रदेशमा कम्तीमा १÷१ वटा जेष्ठ नागरिक आश्रम स्थापना गर्ने, सार्वजनिक स्थलमा हुने लैंगिक हिंसा अन्त्य गर्न लागि पर्ने, छाउपडी, कमलरी, प्रथालगायतका कूरुति हटाउन विशेष कार्यक्रम नै संचालन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);