सडक र पक्की पुल नहुँदा लालझाडीबासीको जिवन कष्टकर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पुष्कर भट्ट, २७ भदौ, कञ्चनपुर । लालझाडी गाउँपालिका, कञ्चनपुर सदरमुकाम महेन्द्रनगरदेखि जम्मा ६० किलोमिटर टाढा पर्छ । लालझाडीका शंकरपुर, बल्मी, कञ्जकसवा, बिनावारी, नैरंगा, पर्सिया, ढुंगा लगायतका गाउँमा प्रायजसो राना थारु समुदाय बस्छन् । तर, महेन्द्रनगरसँग जोड्ने सडक र पक्की पुल नहुँदा लालझाडीबासी बढो कष्टकर जीवन जीउन बाध्य छन् ।

 

कञ्चनपुरका अन्य आठवटा स्थानीय तह सडक सञ्जालमा जोडिएका छन् । तर, दोदा नदी र अन्य साना खोलानालाको कटानको चपेटामा परेको लालझाडी सडक सञ्जालमा नजोडिँदा बैलगाडा, राँगा र साइकलमा यात्रा गर्नुपर्ने बाध्यता छ । कृषि उत्पादनका लागि उर्बर लालझाडीका बासिन्दा उत्पादित अन्न र तरकारी बजारसम्म लैजान सक्दैनन् । दुःखविराम पर्दा ठूलै सास्ती खेप्नुपर्छ ।

 

सडक नहुँदा बालबालिकालाई स्कुल जान–आउन पनि निकै समस्या छ । पुल नहुँदा पानी आउनासाथ विद्यालय बन्द गर्नुपर्छ । उच्च शिक्षाको सुविधा छैन ।

 

लालझाडी गाउँपालिकाले भने बजेट अभावमा गाउँको विकास निर्माण रोकिएको जनाएको छ । गाउँपालिकाको प्रथम गाउँपरिषद्बाट दोदा नदीको दुई ठाउँमा पक्की पुल, एम्बुलेन्स खरिद, हरेक वडामा सडक सुधारका लागि एक÷एक करोड बजेट विनियोजन र गाउँको एकीकृत विकासका लागि सम्बन्धित मन्त्रालयमा ज्ञापनपत्रसमेत बुझाइएको कार्यालयले जनाएको छ ।

विकासका पूर्वाधार अभावमा स्थानीय बासिन्दाको सबै क्षेत्रको विकास प्रभावित हुने भएकाले गाउँपालिका कार्यालयले गाउँपरिषद्बाट पारित सडक तथा पुल निर्माणका योजनालाई तीव्रता दिन आवश्यक छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);