बुधबारदेखि मुग्लिन–नारायणगढ सडक चौबीसै घण्टा सञ्चालन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बुधबारदेखि मुग्लिन–नारायणगढ सडक चौबीसै घण्टा सञ्चालन हुने

काठमाडौं, २७ भदौ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर मुग्लिन–नारायणगढ सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने भएको छ ।

सडक विस्तारका क्रममा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण गत असार २५ गतेदेखि रातको समयमा यस सडक खण्डमा आवागमन रोकिंदै आएको थियो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मौसममा सुधार आएसँगै चाडपर्वलाई ध्यानमा राखी रातको समयमा पनि सडक खुला गर्ने निर्णय गरेको बताए । उनले यात्रुवाहक सवारीसाधनको चाप हुने समयमा मालवाहक सवारीलाई रोकिने बताए ।

दशैंको समयमा काठमाडौं उपत्यकाबाट २५ लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान छ । जसमध्ये अधिकांशले मुग्लिन–नारायणगढ सडक प्रयोग गर्ने गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);