बाढीका कारण भत्किएको पुल तथा सडक मर्मत हुन सकेन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बाढीका कारण भत्किएको पुल तथा सडक मर्मत हुन सकेन्

pool bridge

राकेश यादव,
रौतहट, १ बैशाख । रौतहटमा गत साउनमा आएको बाढीका कारण भत्किएको पुल तथा सडक मर्मत हुन सकेको छैन् । बाढी आएको एक बर्ष पुग्न लाग्दा पनि मर्मत नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् । सडक र पुल नबन्दा सवारी साधन र यात्रुलाई कठिन भएको छ ।

रौतहटमा गत साउनमा आएको बाढीका कारण लालबकैया नदीको गर्जाघाट, बहादुरपुर र मौलापुरको पक्की पुल भत्किएको थियो । बाढी आएको एक बर्ष पुग्न लाग्दा समेत मर्मत हुन सकेको छैन् । पुल सडक मर्मत नहुँदा सवारी साधन र यात्रुलाई आवात जावत गर्न कठिन भएको छ । सडक र पुल मर्मत नहुँदा कृषकहरु समेत मारमा परेका छन् । सडक अवरुद्ध हुँदा खेतीपाती लगाउन समस्या भएको कृषकहरुले गुनासो गरेका छन् ।
सडक अस्तव्यस्त हुँदा सडक दुर्घटना बढ्नुका साथै बिरामीहरुलाई समेत समस्या भएको छ । समयमै बिरामीलाई अस्पताल पुर्याउन नसक्दा बिरामीको बाटैमा मृत्यु हुने गरेको छ । रौतहटको स्थानीय तहका जनप्रतिनिधिले पुल र सडक बनाउन केन्द्र सरकारसँग माग गरेका छन् । निर्वाचनको समयमा स्मार्ट सिटी बनाउने घोषणा गरेका नेताहरुले विजयी भएपछि सडक पुल नबनाएको भन्दै आक्रोशित भएका छन् । रौतहटका जनप्रतिनिधिले सडक पुल बनाउन केन्द्र सरकारसँग बजेट माग गरिएको बताएका छन् । फेरी बर्षात सुरु हुने समय आएकाले छिटो सडक पुल बनाउन स्थानियले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);