आर्थिक समृद्धिलाई मुख्य कार्यभार बनाएर काम गर्ने : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आर्थिक समृद्धिलाई मुख्य कार्यभार बनाएर काम गर्ने : प्रधानमन्त्री ओली

kp-oli

काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आर्थिक समृद्धिलाई मुख्य कार्यभार बनाएर काम गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नयाँ वर्षका अवसरमा मुगुको रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्दै निर्वाचनबाट नयाँ जनादेश आएसँगै आर्थिक समृद्धिका लागि अभूतपूर्व अवसर सिर्जना भएकाले अवसरको सदुपयोग गरी विकासका कामलाई तिब्रता दिने बताए ।

उनले पाँच वर्षभित्र कृषि उत्पादन चार गुणाले बढाउने उद्घोष गरे । प्रधानमन्त्री ओलीले आर्थिक विकासका लागि निजी क्षेत्र र छिमेकी मुलुक तथा दातृ राष्ट्र र संस्थाको सहयोग लिइने बताए । प्रधानमन्त्री ओलीले सरकारले लगानी र मुनाफाको सुरक्षाको प्रत्याभूति गर्ने भन्दै निश्चिन्त भएर लगानी गर्ने स्वदेशी-विदेशी लगानीकर्तासँग आग्रह गरे । उनले विगतमा जस्तो कमिसन बुझाउनुपर्ने वाध्यता अन्त्य गर्ने तथा प्रशासनिक झन्झट हुन नदिने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री ओलीले पाँच वर्षभित्र कृषि उत्पादन चार गुणाले बढाउने र देशको मुहार फेरेर देखाउने उद्घोष गरे । उनले कृषिमा निर्भर दुई तिहाइ जनसंख्यालाई पाँच वर्षभित्र २५ प्रतिशतमा झार्ने भन्दै भ्रष्टाचारविरुद्ध निर्ममरुपमा प्रस्तुत हुने बताए ।

प्रधानमन्त्री ओलीले सरकारले नैतिक स्वच्छता कायम गर्ने भन्दै साथ दिन मन्त्री, सांसद र कर्मचारीहरुसँग आग्रह गरे । करिब एक घण्टा लामो सम्बोधनका क्रममा केही भावुक देखिएका प्रधानमन्त्री ओलीले राजनीतिक र प्रशासनिक क्षेत्रको नेतृत्वमा रहनेहरुले ग्रामिण भेगमा रहेकाहरुको पसिना तथा विदेशमा रहेका आफ्ना युवाहरुको कष्टपूर्ण श्रमलाई मनन गरेर काम गर्नुपर्ने बताए ।

उनले राजनीतिलाई स्वार्थ र सत्तामा पुग्ने भर्‍याङ ठान्ने चिन्तन पराजित भएको भन्दै नेपालको भविष्य उज्वल रहेको बताए । उनले बालविवाह र वहुविवाह निषेध गर्ने तथा महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्ने दाबी पनि गरे । उनले गरिबीको रेखामुनि रहेका सबै जनतालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);