साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताएका छन् । मंगलबार रिपोर्टस क्लव नेपालको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षमा विद्यालयहरुको पूर्वाधार विकासका लागि ५ अर्ब बढी रकम वितरण गरिने पनि बताए । उनले भने ‘सामाजिक सुरक्षाका प्रवन्धहरुका क्षेत्रमा थुप्रो काम हामीले गर्‍यौ । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरु गर्‍यौं । अरु पनि सामाजिक सुरक्षाका कामहरु हामी गर्दै जान्छौँ । अब पनि साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता अझ बढ्छ नै । साउन १ गतेदेखि लागु हुनेगरी बढ्छ । सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागु हुनेगरी बढाइने छ ।’

प्रधानमन्त्री ओलीले सरकारले प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताए । सरकारले गच्छे अनुसार सञ्चार क्षेत्रलाई सहयोग गर्ने पनि बताए ।

अहिले देशमा समस्या पर्‍यो भन्ने प्रचार गरिएको भन्दै देशलाई र देशको राज्य प्रणालीमा कुनै प्रकारको समस्या नरहेको पनि उनले बताए । संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै प्रकारको समस्या नरहेको स्पष्ट पारे । प्रदेश सरकरहरुलाई केन्द्र सरकारबाट दिइने बजेटमा कहीँ कतै विभेद नभएको पनि बताए ।

नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकताको खारेजीको सम्बन्धमा पुनरावलोकनका लागि सर्वोच्च अदालत गएको सन्दर्भ उल्लेख गर्दै उहाँले पुनरावलोकनमा जानुलाई मजाक गरिएको टिप्पणी गरे । उनले भने ‘आज पुनरावलोकनका लागि जानु भाछ क्यार । अदालत कुनै मजाक गर्ने ठाउँ हो र ? दर्ता खारेज गरिदियो । पार्टी आफ्ना आफ्ना भइसके ।’

सर्वोच्चको निर्णय सच्चिने अध्यक्ष दाहालको विश्वास

फैसला पुनरावलोकनका लागि प्रचण्ड सर्वोच्चमा

प्रधानमन्त्री ओली केही मान्छेहरुको महत्वकांक्षाका राजनीतिक अस्थिरता निम्तिन खोजेको बताए। केही व्यक्तिहरुले आफ्नो निहित स्वार्थका कारण देशको राजनीतिलाई धमिल्याउन खोजेको पनि बताए ।

Leave a Reply