विष्णु पौडेलको कांग्रेसलाई प्रश्न, 'सामाजिक सुरक्षा भत्ता बढाउने काम बेठिक हो ?' | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

विष्णु पौडेलको कांग्रेसलाई प्रश्न, ‘सामाजिक सुरक्षा भत्ता बढाउने काम बेठिक हो ?’

पूर्व अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं, २० जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले संविधानसम्मत ढंगले बजेट ल्याएको स्पष्ट पार्नु भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संविधानको भावना विपरित बजेट आएको टिप्पणी गरिरहेका बेला महासचिव पौडेलले संविधानद्वारा निर्देशित भएरै बजेट आएको प्रष्टयाउनु भएको हो ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उहाँले बजेटमा उल्लेख गरिएको सामाजिक सुरक्षा भत्ता बढाउने प्रावधान बेठिक हो भनेर उभिन पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चुनौति दिनु भयो । लोककल्याणकारी राज्यको अवधारणा अनुसार सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने काम गरेकोमा समर्थन गर्नु पर्नेमा विरोध गरिएकोमा उहाँको आपत्ति छ ।

महासचिव पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गरिव र पीछडिएका क्षेत्रको पक्षमा दृढतापूर्वक उभिएको दावी पनि गर्नु भयो । उहाँले बजेटले राष्ट्रिय गौरवका आयोजनाहरुलाई उच्च प्राथमिकता दिएर मुलुकको उच्च आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको पनि बताउनु भयो ।

महासचिव पौडेलले बजेट कार्यान्वयन हुने गरी आएको दावी पनि गर्नु भयो । बजेटले उर्जा क्षेत्रको विकासमा पनि विशेष जोड दिएको उहाँको दावी छ । महासचिव पौडेलले बजेट सबै क्षेत्रको विकास हुने गरी सन्तुलित ढंगले आएको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);