भत्ता वृद्धिविरुद्ध औपचारिक रूपमा बोल्न चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भत्ता वृद्धिविरुद्ध औपचारिक रूपमा बोल्न चुनौती

money

काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको बजेट वितरणमुखी भएको आरोप लगाएकोप्रति सत्तारुढ दल नेकपाले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपाका महासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्ता वृद्धि बेठीक भए औपचारिक रूपमा बोल्न नेपाली कांग्रेसलाई चुनौती दिएका हुन् ।

पौडेलले आगामी आर्थिक वर्षलाई तीव्र आर्थिक विकासको वर्ष हुनेगरी बजेट आएको भन्दै त्यसले दुई अंकको आर्थिक वृद्धिको लक्ष्य समेट्नसक्ने पनि बताए । उनले बजेटको खर्च पूरा हुँदा ५ लाखभन्दा बढी रोजगारी सिर्जना हुनसक्ने भन्दै ठूला पूर्वाधार विकासमा तीब्रता आउने लक्षण देखिएको पनि बताए । तर, कमजोर संस्थागत संरचना उत्साहहीन कर्मचारी तथा ऐनकानुनका बन्देजले बजेट खर्च नहुने रोग पुरानै हो । चालू आर्थिक वर्षमा पनि वर्षान्त हुन ४० दिन बाँकी हुँदा समेत सरकारले चालू आवको कुल बजेटको जम्मा ५८।६७ प्रतिशतमात्र खर्च भएको छ भने विकास बजेटको त झन् ४४।९१ प्रतिशतमात्र खर्च भएको छ ।

यसरी हेर्दा अबका ४० दिनमा प्रतिदिन करिब ४४ अर्ब खर्च गरेमात्र कूल विकास बजेट ३ खब १३ अर्ब ९९ करोड खर्च हुनेछ । आगामी आर्थिक वर्षको लागी पनि सरकारले ल्याएको ४ खर्ब ८ करोड विकास बजेट सबै खर्च भएमात्र ५ लाख रोजागार िसिर्जना हुने अनुमान हो । जब बजेट खर्च हुन सक्दैन त्यतिबेला रोजगारीको लक्ष्य पनि पुग्दैन । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);