जनताको चाहना प्रतिकुल हुनेगरी बजेट आएको कांग्रेसको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जनताको चाहना प्रतिकुल हुनेगरी बजेट आएको कांग्रेसको निष्कर्ष

नेपाली काँग्रेस संसदीय दल

काठमाडाैं, १६ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ । नेपाली काँग्रेस संसदीय दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने गरी आएको निष्कर्ष निकालेको हो ।

नेपाली जनताको चाहना विपरित बजेट आएको निष्कर्ष दलको बैठकले निकालेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनु भयो । उहाँले रोजगारीको अवसर बढाउने, मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने, उत्पादन वृद्धि गर्ने भन्दा पनि बजेट जनतालाई थप ऋणको भार थोपर्ने गरी आएको पनि बताउनु भयो ।

बैठकमा काँग्रेस सांसदहरुले वितरणमुखि यो बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने दावी गरेका थिए । काँग्रेस संसदीय दलले सांसदहरुका लागि विनियोजन गरिएको ६ करोड बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने निर्णय पनि गरेको छ । प्रमुख सचेतक खाँणले सांसदहरुका लागि विनियोजन गरिएको बजेट दुरुपयोग भए तत्काल विरोध गर्ने निर्णय गरिएको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);