सरकारबाट भत्ता सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ३८ लाख नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

सरकारबाट भत्ता सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ३८ लाख नाघ्यो

सामाजिक सुरक्षा भत्ता पाउने नेपालीको संख्या बढेको छ ।
चालु आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्या पछिल्लो एक वर्षमा साढे ५ प्रतिशतले वृद्धि भएको हो ।

गत फागुनसम्म यो संख्या ३८ लाख २ सय ७७ पुगेको छ । गत वर्ष सामाजिक सुरक्षामा आवद्ध भएकाहरुको संख्या ३७ लाख ६ हजार ३२७ थियो । यस्तै हरेक वर्ष राज्यले सामाजिक सुरक्षा भत्तामा खर्च गर्ने रकमको आकार पनि बढेको छ ।

चालु आर्थिक वर्षमा संघीय सरकारले सामाजिक सुरक्षातर्फ २ खर्ब ९८ अर्ब ५७ करोड १९ लाख विनियोजन गरेको थियो ।

सामाजिक सुरक्षामा सरकारले छुट्याएको रकम कुल बजेटको १४ दशमलव ७८ प्रतिशत, चालु बजेटको २२ दशमलव ६७ प्रतिशत र कूल ग्रार्हस्थ उत्पादनको ५ दशमलव ५४ प्रतिशत हो । १० वर्षअघि आर्थिक वर्ष ०७०÷७१ मा कूल बजेटको ८ दशमलव १७ प्रतिशत मात्र सामाजिक सुरक्षा भत्ता शीर्षकमा खर्च भएको थियो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);