राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन ‘तत्काल लकडाउन हुँदैन’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन ‘तत्काल लकडाउन हुँदैन’

काठमाडाैं, १ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन नगर्ने बताएका छन् ।

नयाँ वर्षको अवसरमा बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताए। । प्रधानमन्त्री ओलीले स्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउन भने सबैमा अपिल गरेका छन् ।

उनले सरकारले केही गरेन भनेर जनतामा निराशा बढाउने काम भएको भन्दै आफ्नो नेतृत्वको सरकारले प्रतिकूलताका बीच पनि असाधारण काम गरेर जनतामा आशा जगाउने काम गरेको दावी गरे । प्रधानमन्त्री ओलीले प्रतिदिन पाँच किलोमिटर भन्दा बढी सडक निर्माण गरिरहेको र एक दिनमा कम्तिमा १२ वटाका दरले आवास बन्दै गरेको स्पष्ट पारे ।

उनले आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने बताउदै करिब ६० लाख सामाजिक सुरक्षामा आवद्ध भएको जानकारी समेत दिए । पूर्वपश्चिम रेल मार्गमा ट्रयाक बनाउने कामसमेत तीब्र गतिमा अगाडी बढेको बताउदै प्रधानमन्त्री ओलीले मेलम्चीको सपना पूरा गरेर आफूहरुलाई जश वा श्रेय लिने होडबाजीमा नभएको पनि बताए ।

उनले वर्तमान सरकारले कोशी, कर्णाली र कालीगण्डकी करिडोरको काम तीव्र भएको, राष्ट्रिय महत्वका सडक चौडा बनाइएको, नयाँ विमानस्थल निर्माणका साथै कतिपय विमानस्थल रातको समय पनि सञ्चालन गर्न सकिने बनाएको बताए ।

प्रधानमन्त्री ओलीले हरेक दिन एउटा झोलुंगे पुल हरेक दोस्रो दिन एउटा सडक पुल, हरेक तेश्रो दिन एउटा ग्रामीण सडक पुल निर्माण भइरहेको पनि स्पष्ट पारे । ओलीले फाटो र दूरी हटाएर एकता कायम गर्ने ध्यानमा सरकार रहेको भन्दै सम्पूर्ण सामथ्र्य र शक्ति देश विकासमा केन्द्रित गर्नुपर्ने बताए ।

उनले यस वर्ष हिंसाको बाटो लिइरहेको एउटा समूहलाई शान्तिपूर्ण मूलधारमा फर्काउन सफल भएको भन्दै राजनीतिक अभीष्ट शान्तिपूर्ण र संवैधानिक बाटोबाट प्राप्त गर्न सकिनेमा ध्यानाकर्षण गराए । प्रधानमन्त्रीले समग्रमा २०७७ सालमा राजनीतिक हिसाबले पृथकतावादलाई अन्त्य गर्दै राष्ट्रिय एकतातर्फ अघि बढेको उल्लेख गरे।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);