गण्डकी सरकारलाई दिँदै आएको समर्थन जनमोर्चाद्वारा फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गण्डकी सरकारलाई दिँदै आएको समर्थन जनमोर्चाद्वारा फिर्ता

janamorcha


काठमाडाैं, १ वैशाख । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ ।

आज जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेकाे हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रेस वक्तव्य उल्लेख छ ।

जनमोर्चाले यसअघि केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको घोषणा गरेपनि गण्डकी प्रदेश सरकारको समर्थन भने फिर्ता लिएको थिएन । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चासँग तीन सांसद छन् ।

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र अलग भएको स्थितिमा त्यहाँ ओली पक्षको मात्र सरकार हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);