गण्डकीमा माओवादीका दुई मन्त्रीले राजीनामा दिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गण्डकीमा माओवादीका दुई मन्त्रीले राजीनामा दिँदै

काठमाडौं, २५ चैत। गण्डकी प्रदेश सरकारका दुई मन्त्रीलाई माओवादी केन्द्रले फिर्ता बोलाएको छ । बुधबार बसेको माओवादी संसदीय दलको बैठकले उक्त निर्णय गरेको एक सांसदले जानकारी दिए । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा भने केही निर्णय गरिएको छैन ।

सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानलाई माओवादी संसदीय दलले फिर्ता बोलाएको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री चुमानले यो विषयमा अहिले आफू केही नबोल्ने बताउँदै भने –‘प्रदेश सभाको बैठकमा औपचारिक रुपमा मात्र राजीनामाको विषयमा बोल्छु ।’

बुधबार देखि गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । अधिवेशनको पहिलो दिनको बैठकमै राजीनामाको विषयमा बोल्ने मन्त्री चुमानले बताए । प्रदेश सरकारको नेतृत्व एमालेका पृथ्वीसुब्बा गुरुङले गरिरहेका छन् ।

६० सदस्यीय प्रदेशसभामा सरकारलाई माओवादी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । सबैभन्दा ठूलो दल एमाले २८, कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादीका २ सांसद छन् ।

आइ. एन. ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);