भीम रावलको नेतृत्वमा बन्यो सुदूरपश्चिममा माधव पक्षको समानान्तर कमिटी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भीम रावलको नेतृत्वमा बन्यो सुदूरपश्चिममा माधव पक्षको समानान्तर कमिटी

Bhim-rawal

काठमाडौं, २५ चैत । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले सुदूरपश्चिममा पनि समान्तर कमिटी बनाएको छ ।

मंगलबार सम्पन्न नेपाल निकट प्रदेशस्तरीय भेलाबाट प्रदेश, जिल्ला, स्थानीय तह र भातृ संगठनमा समेत समान्तर कमिटी बनाएको स्रोतले बताएको छ । नेकपा एमालेका निलम्बित नेता भीम रावलको संयोजकत्वमा समानान्तर कमिटी निर्माण गरिएको हो ।

यद्यपी, दार्चुलामा भने पार्टीले कमिटी बनाएको छैन । भेलाले कैलालीमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशीको नेतृत्वमा समानान्तर कमिटी बनाएको हो ।

बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह र बाजुरामा गगन रावललाई जिम्मेवारी दिइएको छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);