हानेपाले दिएको समर्थन फिर्ता लिएसँगै वाग्मती प्रदेश सरकार संकटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हानेपाले दिएको समर्थन फिर्ता लिएसँगै वाग्मती प्रदेश सरकार संकटमा

काठमाडौं,१४ चैत्र । मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको वाग्मती प्रदेश सरकार संकटमा परेको छ । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै प्रदेशमा अल्पमतमा परेको बागमती प्रदेश सरकारलाई हाम्रो नेपाली पार्टी हानेपाले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलको सत्ता समस्यामा परेको हो । प्रदेश सभामा दुई सांसद रहेको हानेपाले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।

हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले चैत ९ गतेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको भए पनि मंगलबार मात्र पत्र दर्ता गर्नु भएको हो । इमेलमार्फत समर्थन फिर्ताको पत्र दर्ता गराएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । हानेपाले २०७९ पुस २५ गते जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । तर, मुख्यमन्त्रीले पटक÷पटक मन्त्री तथा समितिको सभापति बनाउने वचन दिए पनि बेवास्ता गरेको भन्दै हानेपाले समर्थन फिर्ता लिएको हो ।

हानेपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर पार्टी (नेमकिपा) मध्ये एकको समर्थबिना मुख्यमन्त्री जम्कट्टेलले विश्वासको नपाउने समिकरण छ । राप्रपा र नेमकिपाले सरकारलाई समर्थन नदिने स्पष्ट गरिसकेका छन् । फागुन २३ मा कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेलाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ । वाग्मती प्रदेशसभामा एमालेको २७ र माओवादीको २१ सिट छ । १ सय १० सदस्य रहेको वाग्मती प्रदेशसभामा बहुमतका ५६ सिट आवश्यक छ  । हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीको दाबी पनि गरिरहेको छ । वाग्मतीमा कांग्रेसको ३७ र राप्रपाको १३ सिट छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);