महेन्द्रबहादुर शाहीले राजीनामा नदिने, विश्वासको मत लिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

महेन्द्रबहादुर शाहीले राजीनामा नदिने, विश्वासको मत लिने

Mahendra-Bahadur-Shahi

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा नदिने भएको छ ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरेकाे छ । शाहीले मंगलबार सो पत्र दर्ता गर्नुभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

योसँगै वैशाख ३ गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ । तर, एमालेका सांंसदले फ्लोर क्रस गरे मात्र शाहीको बहुमत पुग्ने देखिन्छ । एमालेका सांंसद एक ढिक्का भइसकेका छन् । माधव गुटले धोका दिए बर्खास्त गर्ने एमालेले बताइसकेको छ ।

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले चैत ३ गते फिर्ता लिएको थियो । शाहीले राजीनामा पर्खेर बसेको एमालेले नयाँ सरकार गठनका लागि गृहकार्य गरिरहेको छ । तर शाहीले राजीनामा नदिने भएपछि कर्णालीको राजनीति थप पेचिलो हुने देखिएको छ ।

माधव गुटका सांसद् धोका नदिए सरकार बनाउन एमालेसँग स्पष्ट बहुमत छ । ३९ सदस्यीय कर्णाली प्रदेश सभामा एमालेसँग २० सांंसद छन् । माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);