आर्थिक वर्ष २०७८/०८९ बजेट पारित नै नगरी कर्णाली प्रदेश सभाको चालु बजेट अधिवेशन अन्त्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आर्थिक वर्ष २०७८/०८९ बजेट पारित नै नगरी कर्णाली प्रदेश सभाको चालु बजेट अधिवेशन अन्त्य

सुर्खेत । आगामी आर्थिक वर्ष२०७८/०८९ का लागि ल्याएको बजेट पारित नै नगरी कर्णाली प्रदेश सभाको चालु तथा बजेट अधिवेशन अन्त्य भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधवार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्नुभएको हो । सरकारले असार १ गते ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले दलीय व्यवस्था मिचेको र आफ्ना सांसदलाई मन्त्री बनाएको भन्दै प्रदेश सभाको बैठक अवरोध गर्दै आएको थियो । सरकारले बजेट ल्याएको एक महिनापछि अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ ।

एमालेले प्रदेश सभा दलीय व्यवस्थाअनुसार नचलेसम्म प्रदेश सभा बैठक अघि बढ्न नदिने अडान राखेको थियो । यसअघि दलको निर्णय विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेका चार जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका थिए ।

आफूलाई विश्वासको मत दिएका तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्रीमा नियुक्त गर्नु भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);