नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटायाे | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटायाे

काठमाडाैं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र निगमबीच भएको वार्तापछि मूल्य घटाइएको हो ।

निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजल/मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १२८ र डिजल तथा मट्टीतेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले मूल्यवृद्धि विरुद्ध आन्दोन गरिरहेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);