मूल्य वृद्धिको विरोधमा नेपाल आयल निगमको कार्यालय घेराउ | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

मूल्य वृद्धिको विरोधमा नेपाल आयल निगमको कार्यालय घेराउ

petrol

काठमाडौं, २३ चैत । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियूले नेपाल आयल निगमको कार्यालय घेराउ गरेको छ । पेट्रोलियम पदार्थको मूल्य पटकपटक बढाएर उपभोक्तालाई मार पारेको भन्दै अनेरास्ववियूले सोमबार आयल निगम कार्यालय घेराउ गरेको हो ।

आयल निगमले सामेबारबाट लागू हुने गरी आइतबार पुनः मूल्य बृद्धि गरेको थियो । निगमले पछिल्लो पटक पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई÷दुई रुपैँया बढाएको हो ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैँया पुगेको छ । त्यसैगरी डिजेर र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ३ पुगेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);