पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार निगमले इन्धनको मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोल, डिजल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको छ ।

स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल÷डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य आन्तरिक तर्फ प्रतिलिटर २ रुपैयाँ बढाएको हो । यसअनुसार पेट्रोल प्रतिलिटर मूल्य १ सय २५ डिजेल÷मट्टीतेल १ सय ८ र हवाई इन्धन आन्तरिक तर्फ ८० रुपैयाँ भएको छ ।

निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य वृद्धि गरेको थियो ।

भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ ।

स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुने गरी बढेको भाउ कायम हुने र उक्त मूल्य समायोजन पछि पनि निगमलाई घाटा रहेको निगमले बताएको छ ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजल तथा मट्टीतेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्याँसमा २ सय ५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);