सुनको मूल्य ७ सय रुपैँयाले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुनको मूल्य ७ सय रुपैँयाले बढ्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार १ सय रुपैँयामा कारोबार भएको छ । यसअघि शुक्रबार सुनकाे मूल्य ९३ हजार४ सय रुपैँयामा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने आज १५ रुपैँयाले बढेर प्रतितोला एक हजार ३ सय ५५ रुपैँयामा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला एक हजार ३ सय ४० रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);