नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

nepal-oil-nigam-

काठमाडौं, २९ माघ । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको हो ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ । निगमले जारी गरेका विज्ञप्तिका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय १२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);