हुलास उद्योग क्षेत्र वरिपरि जग्गा नाप्ने काम सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

हुलास उद्योग क्षेत्र वरिपरि जग्गा नाप्ने काम सुरु

नितेश कर्ण
वीरगञ्ज, २९ माघ ।
पर्सा जिल्लाको बिन्दवासिनी गाँउपालिका वडा नम्बर २ मा निर्माण भईरहेको हुलास स्टिल एण्ड ईण्ड्रिस्टिज प्रालि उद्योग क्षेत्र वरिपरि जग्गा नाप्ने काम सुरु भएको छ । उद्योगले संरचना निर्माणको क्रममा सार्वजनिक जग्गा समेत अतिक्रमण गरेर निर्माण कार्य गरेको भन्दै न्यायिक समितीमा परेका उजुरीको आधारमा आज सो उद्योग वरिपरि नापी शुरु गरिएको हो ।

गाँउपालिका र हुलास स्टिल उद्योगका अमिनले संयुक्त रुपमा जग्गा नाप्ने काम शुरु गरेको र जग्गाको नापी सम्पन्न भएपश्चात मात्र निर्माण कार्य अघि बढाउन निर्देशन दिएको गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुले जानकारी दिनुभयो ।

कानुले गाँउपालिकको अमिन र स्थानिय नेताहरुको उपस्थितीमा नापी भएपछि मात्र निर्माण कार्य अघि बढने जानकारी दिनुभयो । उहाँले उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गरेको पाईए कारवाही गरिने जानकारी दिनुभयो ।

सो अवसरमा उपाध्यक्ष किरण देवी गुप्ता,प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, नेपाली काँग्रेसका पालिका संयोजक विवेक चौरसिया, लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);