सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न : मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न : मन्त्री अर्याल

padma aryal

काठमाडौं, १६ फागुन । भूमि, व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिनुभएको छ ।

शुक्रबार आफ्नो कार्यकालमा प्राप्त उपलब्धिहरुको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । नेपालले पहिलो पटक आफ्नो जनशक्ति र स्रोत परिचालन गरेर सगरमाथाको उचाई नाप्ने काम सुरु गरेको हो ।

मन्त्री अर्यालले नेपालको नक्सा निर्माणका लागि बनेको प्राविकि टोलीले सुझाव पेश गरेको र नापी विभागले बनाएको टोलीले काम अन्तिम चरणमा पुर्‍याएको जानकारी दिनुभयो । उहाँले सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि मन्त्रालयले कानून बनाएको र कार्यान्वनको चरणमा रहेको बताउनुभयो ।

त्यसैगरी सरकारले २ सय ८४ विघा जग्गा सरकारको नाममा फिर्ता लिएको मन्त्री अर्यालले बताउनुभयो । उहाँले नेपाल सरकारको नाममा कायम गर्न १३ विघा १८ कट्ठा १ धुर जग्गा रोक्का राखिएको समेत जानकारी दिनुभयो । त्यसैगरी हदबन्दीभन्दा बढी रहेको १० हजार १सय ९२ विघा जग्गा सरकारको नाममा कायम गर्न रोक्का राखिएको छ ।

मन्त्री अर्यालले सहकारी ऐन संशोधनको तयारी गरेको जानकारी दिनुभयो । उहाँले गुठि विधेयक समेत समेटेर एकिकृत भूमि ऐन ल्याउन लागिएको उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);