सार्वजनिक हुँदै सगरमाथाको नयाँ उचाई | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

सार्वजनिक हुँदै सगरमाथाको नयाँ उचाई

SAGARMATHA

काठमाडौं, ११ मंसिर । सगरमाथाको मापन कार्य सम्पन्न भएर नयाँ उचाई घोषणा हुने भएको छ । मंसिर १० गते बुधबार बसेको मन्त्री परिषद बैठकमा भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले स्विकृतीका लागि पेश गरेको सगरमाथाको नयाँ उचाई घोषणा सम्बन्धि प्रस्तावलाई मन्त्री परिषदले स्विकृती दिएको छ ।

सगरमाथा क्षेत्रको नापीमा आर्थिक वर्ष २०६४।६५ मै नापी बिभागको एउटा टोली खटिएको थियो । सोही टोलीले २०७२ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाइमा असर परेको तथ्य पत्ता लगाएको थियो । सोही तथ्यका आधारमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापनमा सोही टोलीलाई खटाएको थियो ।

उक्त टोलीले सगरमाथाको नयाँ उचाई मापन गरेर निकालेको निष्कष मन्त्रालयमा बुभाए लगत्तै मन्त्री अर्यालले स्विकृतीका लागि मन्त्री परिषद बैठकमा पेश गरेकी थिईन् । मन्त्रिपरिषद्बाट स्वीकृति प्रदान भइसकेपछि अब केही दिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिकरूपमा सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने भएको छ । घोषणा मिती तय गरेर औपचारिक रुपमै उचाईको घोषणा गर्ने भन्दै उचाईको तथ्यांक भने मन्त्रालयले गोप्य नै राखेको छ ।

सन् २०१९ मा चीनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्तरूपमा घोषणा गर्ने सहमति भएको थियो। सोहीबमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरूपमा काम गरेका थिए। यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए। पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेर सार्वजनिक गरेको ८८४८ मिटरलाई हालसम्म सर्वोच्च शिखर सगरमाथाको उचाइ मानिँदै आएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);