भूमि र सहकारीको सदुपयोग गर्दै गरिबी निवारण गर्न सकिन्छ : मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भूमि र सहकारीको सदुपयोग गर्दै गरिबी निवारण गर्न सकिन्छ : मन्त्री अर्याल

Padma_Aryal

काठमाडौं, १४ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले भूमि र सहकारीको सदुपयोग गर्दै मुलुकमा गरिवी निवारण गर्ने योजना अघि सार्नु भएको छ । मन्त्री अर्यालले भूमि र सहकारीको अधिकतम सदुपयोग गरेर गरिवी निवारण गर्न सरकारले नीतिगत सुधारको कामलाई तीव्रता दिईरहेको पनि बताउनु भयो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भूमिको सदुपयोग गर्नका लागि जग्गा प्रशासनको सेवा प्रवाहलाई व्यवस्थित बनाउने चुनौति सरकारसामू रहेको पनि दोहो¥याउनु भयो । मन्त्री अर्यालले मुलुकको समृद्धिको पनि मुख्य आधार भूमि भएकाले त्यसको अधितम सदुपयोग गर्ने एजेन्डालाई सरकारले उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नु भयो ।

कार्यक्रममा मन्त्री अर्यालले सगरमाथाको चुचुरोमा पुगेर त्यसको उचाई मापन गर्न सफल हुनु भएका नापी विभागका कर्मचारीहरुप्रति पनि आभार व्यक्त गर्नु भयो । सगरमाथाको शिखरमा पुगेर उचाई मापन गर्न सफल नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताललाई त्यस अवसरमा सम्मान पनि गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);