सगरमाथाको उचाई मापन गरेर सरकारी टोली काठमाडौं फर्कियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सगरमाथाको उचाई मापन गरेर सरकारी टोली काठमाडौं फर्कियो

sagarmatha mapak

६ महिना भित्रमा सगरमाथाको वास्तविक उचाई प्राप्त हुने

टोलीले गत जेष्ठ ८ गते बिहान ३  बजे सगरमाथाको उचाई चुमी १ घण्टा १६ मिनेट लगाएर सगरमाथाको उचाईको सर्वेक्षण

काठमाडौं, १० जेठ । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई नाप्ने प्रयोजनका लागि सगरमाथा पुगेको टोली फर्किएको छ । सगरमाथाको उचाई मापनका लागि सगरमाथा पठाएको सरकारी टोली त्यसको सफल मापन गरी बिहीबार काठमाडौं फर्किएको हो ।

सो टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले सिंहदरबारस्थित मन्त्रालयमै एक कार्यक्रमको आयोजना गरी स्वागत गर्नु भयो । उहाँले टोलीले परम्परागत र आधुनिक दुवै तरिकाबाट सर्वेक्षण गरेको रिर्पोटको आधारमा ६ महिना भित्र सगरमाथाको वास्तविक उचाई प्राप्त हुने पनि स्पष्ट पार्नु भयो ।

२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाईमाथि प्रश्न उठाउन थालेपछि सरकारले पहिलो पटक आफ्नै स्रोत र साधनमा नापी विभागमा प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी विभागकै नापी अधिकृत रविन कार्की, विभागका सर्वेभर सुरजसिंह भण्डारी र अमिन युवराज धिताललाई गत चैत्र २७ गते त्यसतर्फ पठाएको थियो ।

१ घण्टा १६ मिनेट चुचुराेमा

प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना लिएर गएको टोलीलाई मन्त्री अर्यालले सगरमाथाको बेस क्याम्पमा पुगेर विदाई गर्नु भएको थियो । सो टोलीले गत जेष्ठ ८ गते बिहान ३ बिहान सगरमाथाको उचाई चुमी १ घण्टा १६ मिनेट लगाएर सगरमाथाको उचाईको सर्वेक्षण गरेको हो ।

आरोहण चुनौतिपूर्ण भएपनि प्रधानमन्त्री ओलीको उत्साह र मन्त्री अर्यालको हौसलाका कारण आफूहरुले सगरमाथाको सफल आरोहण गरी त्यसको उचाईको सर्वेक्षण गर्न सफल भईएको टोलीका नेता प्रमुख नापी अधिकृत गौतमले जानकारी दिनु भयो ।

मन्त्री अर्यालले सगरमाथाको उचाईको सर्वेक्षण पहिलो पटक नेपाल आफैले गरेको र त्यसको बास्तविक उचाई टोलीले ल्याएको सर्वेक्षणलाई आवश्यक अनुसन्धान गरेर ६ महिना भित्र सार्वजनिक गर्ने तयारी गरिएको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);