मिडिया काउन्सिल बिधेयक परिमार्जनसहित पारित हुन्छ : नारायणकाजी श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मिडिया काउन्सिल बिधेयक परिमार्जनसहित पारित हुन्छ : नारायणकाजी श्रेष्ठ

narayankaji shrestha

काठमाडौं, १० जेठ । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धि विधेयक परिमार्जनसहित पारित हुने दावी गर्नु भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा प्रवक्ता श्रेष्ठले आफ्नो पार्टी प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कानुनको पक्षमा नरहेको स्पष्ट पार्नु भयो ।

कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको मानव अधिकारनै हनन् हुने गरी काननु बनाउन लागेको आरोप लगाउनु भयो । उहाँले राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तता र गरिमा नै अन्त्य हुनेगरी सरकारले विधेयक संसदमा पेश गरेको उल्लेख गर्दै आपत्ति जनाउनु भयो ।

त्यसैगरी कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकार मानव अधिकारको प्रत्याभूति गराउन गम्भिर नभएको आरोप लगाउनुभयो ।

अध्यक्ष शर्माले सरकारकै संरक्षणमा मानव अधिकार हनन्को घटना बढदै गईरहेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);