दण्डहिनता झनै बढेर गएको मानव अधिकार आयोगको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

दण्डहिनता झनै बढेर गएको मानव अधिकार आयोगको निष्कर्ष

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा

काठमाडौं, १० असार । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा दण्डहिनता झनै बढेर गएको निष्कर्ष निकालेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले ‘इन्काउन्टर’को नाममा मारिएको भनेबाट मुलुकमा झनै दण्डहिनता बढेर गएको निष्कर्षमा पुगिएको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बताउनु भएको हो ।

सोमबार ललितपुरस्थित आयोगको कार्यालयमा संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रहरीले सो घटनाको अनुसन्धानलाई नै प्रभावित पार्ने गरी इन्काउन्टरमा मारिएको भनेकोमा पनि आपत्ति जनाउनु भयो । अध्यक्ष शर्माले सरकारले ल्याएको मानव अधिकार आयोग ऐन सम्बन्धि विधेयक र प्रेस स्वतन्त्रताविरोधी विधेयक मानव अधिकारको ठाडो उलंघन हुनेगरी आएको पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष शर्माले मानव अधिकार आयोग ऐन संशोधन गर्न बनेको विधेयक मानव अधिकार आयोगलाई नियन्त्रण गर्ने गरी आएको दावी गर्दै मान्य नहुने पनि स्पष्ट पार्नु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);