विभिन्न ३ वटा विधेयक संसदमा प्रस्तुत् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विभिन्न ३ वटा विधेयक संसदमा प्रस्तुत्

yubraj

काठमाडौं, १० असार । सरकारले आगामी आर्थिक बर्षको बजेटसंग सम्बन्धीत विभिन्न ३ वटा विधेयक संसदमा प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत (तेइसाैं) संशोधन २०७६ पेस गर्नुभएको हो । अर्थमन्त्रीले तीनवटै विधेयकमाथि विचार गरियोस् भनी गरेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो ।

त्यसैगरी बैठकले अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक २०७६ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई वहुमतले पारित गरेको छ । विनियोजन विधेयक अन्तर्गत विभिन्न शीर्षकमा सांसदहरुबाट प्रस्तुत खर्च कटौतिको प्रस्ताव वहुमतले अस्वीकृत भएपछि विधेयक वहुमतले पारित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक असार १३ गते शुक्रबार ४ बजेका लागि बोलाईएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);