प्रतिनिधिसभाद्वारा आर्थिक विधेयक २०७६ बहुमतले पारित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रतिनिधिसभाद्वारा आर्थिक विधेयक २०७६ बहुमतले पारित

yubraj

काठमाडौं, १३ असार । विनियोजन विधेयक २०७६ को आंगिक विधेयक मध्येको आर्थिक विधेयक २०७६ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले आर्थिक विधेयक २०७६ लाई बहुमतले पारित गरेको हो ।

यसअघि विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएका थिए । सरकारका तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक विधेयक २०७६ लाई पास गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

विधेयकमाथि संशोधन प्रस्ताव राख्दै नेपाली कांग्रेसका छायाँ अर्थमन्त्री सांसद मिनेन्द्र रिजालले करलाई नीतिगत औजारको रुपमा विकास गर्र्न प्रस्ताव गर्नुभयो ।

छलफलमाथि आएका जिज्ञासा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आयकरको आधार हुनुपर्ने विषयमा सरकार सहमत रहेको बताउनुभयो । उहाँले आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउँदै आयातमा आधारित कर प्रणालीलाई आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारित कर प्रणालीमा रुपान्तरण गर्ने तर्फ सरकार लागेको बताउनुभयो । विधेयकमाथिको छलफलमा सांसदहरु दिव्यमणि राजभण्डारी, प्रदिप गिरी, डिला संग्रौला पन्तले धारणा राखेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);