'विनियोजन विधेयक, २०७५' प्रतिनिधिसभाबाट बहुमतले पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘विनियोजन विधेयक, २०७५’ प्रतिनिधिसभाबाट बहुमतले पारित

samsadh parlyament

काठमाडौं, १५ असार । प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक २०७५ बहुमतले पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयक २०७५ लाई पारित गरियोस् भनि राखेको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

यसअघि विधेयकमाथि सासंदहरुले राखेको खर्च कटौतिको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसैगरी शुक्रबारकै बैठकले आर्थिक विधेयक २०७५, राष्ट्रऋण उठाउने विधेयक २०७५ र ऋण तथा जमानत (२२ औ संसोधन) विधेयक २०७५ लाई पनि स्वीकृत गरेको छ ।

अर्थमन्त्री खतिवडाले आर्थिक विधेयक २०७५ लाई विचार गरियोस् भनी गरेको प्रस्ताव वहुमतले स्वीकृत भएको हो । सो विधेयकको दफाबार छलफलका लागि असार १८ गतेको समय तोकिएको छ । त्यसैगरी अर्थमन्त्री खतिवडाले राखेको राष्ट्रऋणसम्बन्धी विधेयक २०७५ र ऋण तथा जमानत (२२ औ संसोधन) विधेयक २०७५ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

तीन वटै विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद प्रेम सुवालले के का लागि ऋण भन्ने स्पष्ट हुनुपर्ने माग गरे । सरकारले आर्थिक बर्ष २०७५÷७६ का लागि विनियोजित बजेटमा १ सय ७२ अर्ब ऋण उठाउने प्रस्ताव गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);