आर्थिक पारदर्शिता र जवाफदेहिता प्रवर्दन गर्न महालेखा प्रतिवद्ध : टंकमणि शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आर्थिक पारदर्शिता र जवाफदेहिता प्रवर्दन गर्न महालेखा प्रतिवद्ध : टंकमणि शर्मा

tanka sharma

काठमाडौं, १५ असार । महालेखा परीक्षक टंकमणि शर्माले मुलुकमा आर्थिक पारदर्शिता र जवाफदेहिता प्रवर्दन गर्न महालेखा परीक्षकको कार्यालय प्रतिवद्ध रहेको बताएका छन् ।

महालेखा परीक्षक शर्माले लेखा र आर्थिक विवरणलाई यथार्थ बनाउन महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदनमार्फत् सरकार र सम्बन्धित निकायलाई आवश्यक सुझाव दिएको पनि स्पष्ट पारे ।

परीक्षक शर्माले बढ्दो बेरुजुलाई घटाउँदै लैजान आर्थिक अनुशासनको पालना गर्न चुनौति रहेको पनि बताए । महालेखा परीक्षकको कार्यालयको हीरक जयन्तिको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा महालेखा परीक्षक शर्माले स्थानीय, प्रदेश र संघीय तहको वित्तीय अनुशासनलाई कायम गर्न पनि चुनौति रहेको स्मरण गराए ।

महालेखा परीक्षक शर्माले सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन नदिन पनि सम्बन्धित पक्षलाई सचेत गराउने काम भईरहेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);