आर्थिक अनियमितता नहुने गरी काम गर्न सचिवलाई प्रमको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आर्थिक अनियमितता नहुने गरी काम गर्न सचिवलाई प्रमको निर्देशन

काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी ओलीले आर्थिक अनियमितता नहुने गरी काम कार्वाही गर्न सचिवहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकमा बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै आगामी आर्थिक वर्षमा बेरुजु नआउने गरी कार्य सम्पादन गर्न सबै मन्त्रालयका सचिवहरुलाई सचेत गराएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा महालेखा परीक्षकको कार्यालयको आगामी योजनाबारे छलफल गर्न आयोजित बैठकमा बोल्दै उनले मुलुकमा आर्थिक अनियमितता हुन नदिन सरकारले आर्थिक सुशासनमा जोड दिएको उल्लेख गर्दै चालू आर्थिक वर्षदेखि बेरुजु नआउने गरी काम गर्न सबै मन्त्रालयका सचिवहरुको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्रीले लेखाप्रति उत्तरदायी अधिकृतहरुको रुपमा रहेका सचिवहरुलाई आगामी आर्थिक वर्ष बेरुजु नआउने गरी काम कार्वाहीलाई अघि बढाउन प्रधानमन्त्रीले निर्देशन दिएको महालेखा परीक्षक टंकमणि शर्माले जानकारी दिए ।

महालेखा परीक्षकको कार्यालयले पनि बेरुजु घटाउन अभियान नै संचालन गर्ने योजना अघि सारेको छ । प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको सुरुमै बेरुजु हुन नदिन सचिवहरुलाई सचेत गराए ।

प्रधानमन्त्री ओलीको सो निर्देशनले आगामी आर्थिक वर्षमा बेरुजु नहुने महालेखा परीक्षकको कार्यालयको विश्वास छ । महालेखा परीक्षक शर्माले वित्तिय प्रशासनलाई सुधार गर्न पनि प्रधानमन्त्री ओलीले सचिवहरुलाई निर्देशन दिएका बताए । बैठकमा मुख्य सचिव, सचिव, संवैधानिक अंगका लेखाप्रति उत्तरदायी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);