बेरुजु असुली गर्न सरकार प्रतिवद्ध छ : अर्थमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बेरुजु असुली गर्न सरकार प्रतिवद्ध छ : अर्थमन्त्री खतिवडा

arthamantri khatiwada-bhansar gosthi

काठमाडौं, १७ साउन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बेरुजु असुली गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । शुक्रबार संसदको अर्थ समितिमा आर्थिक कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथिको छदफलमा अर्थमन्त्री खतिवडाले बेरुजु असुलउपरका लागि सहज बनाउन आर्थिक गतिविधिको अडिटलाई छुट्टै ढंगले गरिदिन महालेखा परीक्षकको कार्यालयलाई आग्रह गर्नु भयो ।

महालेखा परीक्षकको कार्यालयले कार्य सम्पादनसम्बन्धि कुरालाई पनि आर्थिक गतिविधिको अडिटसँग मिसाउने गरेकाले बेरुजु असुलीमा समस्या परिरहेको अर्थमन्त्री खतिवडाको भनाई छ । उहाँले संघ, प्रदेश र स्थानीय तहको विनियोजित बजेटको खर्च प्रणालीलाई पारदर्शी बनाउन सरकार लागि परेको पनि बताउनु भयो ।

बैठकमा सार्वजनिक लेखा समितिका सभापति समेत रहनुभएका काँग्रेस सांसद भरतकुमार शाहले साँढे ६ खर्व बेरुजु देखिएको उल्लेख गर्दै त्यसलाई असुल उपर हुने गरी कडा कानुनी व्यवस्था गर्न सरकारलाई सचेत गराउनु भयो ।

सत्तारुढ नेकपाका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जग्गालगायतका सार्वजनिक अचल सम्पत्तिको विवरण राख्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

विधेयकमा संघ, प्रदेश र स्थानीय तहमा विनियोजित बजेटको पारदर्शी ढंगले खर्च हुने गरी लेखा अधिकृतको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);