कार्ययोजना अनुसार काम नगर्नेमाथि कार्बाही गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कार्ययोजना अनुसार काम नगर्नेमाथि कार्बाही गर्ने चेतावनी

oli pm

काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्नका लागि प्रभावकारी रुपमा काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन सम्बन्धमा मन्त्री र सचिवहरुको कार्ययोजना सुनेपछि सरकारको मूल लक्ष्य आर्थिक समृद्धि र विकास भएकाले लक्ष्य प्राप्तिमा केन्द्रीत हुन निर्देशन दिए । उनले आर्थिक वर्षको अन्तिममा आएर विकास बजेट खर्च गर्ने कुरा आफूलाई मान्य नहुने भन्दै आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेट कार्यान्वयन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिए ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा सहभागी सचिव र मन्त्रीलाई सरकारबाट जनताले ठूलो आशा गरेको ख्याल गर्न ध्यानाकर्षण गराउँदै काममा ढिलासुस्ती र लापर्बाही तथा भ्रष्टाचार आफूलाई असह्य हुने चेतावनी दिए । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम र बजेट परिणाम देखिने गरी कार्यान्वयन गर्न निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले निर्देशन दिनुपहिले मन्त्री र सचिवहरुले मन्त्रालयगत कार्ययोजना र विकास निर्माणसम्बन्धी एकवर्षे तथा पञ्चवर्षीय कार्यक्रम पेश गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);