बजेट कार्यान्वयनको कार्ययोजना तय गर्न प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बजेट कार्यान्वयनको कार्ययोजना तय गर्न प्रधानमन्त्रीको निर्देशन

kp oli

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले असार १५ गते भित्र सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनकारी योजना बनाउन सबै मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार सिंहदरबारमा मन्त्री र सांसदहरुको संयुक्त बैठक बोलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि आवश्यक कार्ययोजना असार १५ गते भित्र बनाईसक्न निर्देशन दिएका हुन् ।

उनले बजेट कार्यान्वयनको कार्यतालिका, त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन, कानुन निर्माण, कार्यान्वयनका लागि जवाफदेही निकाय र अनुगमनको सूचक स्पष्ट उल्लेख हुनेगरी बजेट कार्यान्वयनको कार्ययोजना तय गर्न पनि सबै मन्त्रालयका मन्त्री र सचिवहरुलाई सचेत गराए ।

प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि समयसीमा सहितको कार्ययोजना असार १५ गते भित्र बनाई सक्न निर्देशन दिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले असार २५ गते मन्त्रालयले बनाएको योजनामा व्यापक छलफल गरी साउन १ गतेबाट कार्यान्वयनको काममा गति दिन पनि मन्त्रीहरुको ध्यानाकर्षण गराए । अर्थमन्त्री खतिवडाले मन्त्रालयले बनाएको बजेट कार्यान्वयन सम्बन्धि कार्य योजनामा व्यापक छलफल गरेर अघि बढन पनि प्रधानमन्त्री ओलीले सचेत गराए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले बजेटमाथि असन्तुष्टि व्यक्त गर्नेहरुलाई कामबाटै जवाफ दिनुपर्ने  बताए । उनले सरकार सुशासनमा दृढ रहेको उल्लेख गर्दै त्यसको प्रत्याभूति दिलाउने काममा प्रतिवद्ध भएर लाग्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले जनतालाई समक्ष बनाउने गतिविधिमा केन्द्रित हुन  सबै मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);