जनताको सेवामा समर्पित हुन मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री ओलीकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

जनताको सेवामा समर्पित हुन मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री ओलीकाे निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सेवामा समर्पित हुन सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन ।

kp oli

काठमाडौं, ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सेवामा समर्पित हुन सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन ।

आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री ओलीले कर्तव्यबाट च्यूत हुने कुनै पनि निकायलाई कडा कार्वाही गर्ने चेतावनी दिए । मन्त्री र नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुलाई विशेष निर्देशन दिँदै उनले कुनै पनि बहानामा भ्रष्टाचारलगायतका अनियमितता गरे सैह्य नहुनेतर्फ पनि सचेत गराए ।
प्रधानमन्त्रीले मुलुकको अखण्डतामाथि आँच आउने कुराहरुलाई कडाईका साथ नियन्त्रण गर्न पनि निर्देशन दिएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सरकारले ऐतिहासिक जिम्मेवारी पाएको स्मरण गराउँदै स्रोतको थोपाथोपा परिचालन गरेर मुलुकको राष्ट्रिय अभिभारा पूरा गर्न पनि सचेत गराए । प्रधानमन्त्रीले सरकार ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने प्रतिवद्धता पुरा गर्न प्रतिवद्ध भएर लागि पर्ने उल्लेख गर्दै सोही अनुसारको काम गर्न पनि मातहतका निकायलाई सचेत गराउनु भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

कार्यक्रममा सरकारका मन्त्री तथा राज्यमन्त्रीहरु, मुख्य सचिव तथा सचिवहरु, सुरक्षा निकायका प्रमुख र नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);