जनअपेक्षा अनुसार काम गर्न प्रधानमन्त्री देउवाद्धारा नवनियुक्त मन्त्रीहरुलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जनअपेक्षा अनुसार काम गर्न प्रधानमन्त्री देउवाद्धारा नवनियुक्त मन्त्रीहरुलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्रीपरिषदलाई पूर्णता दिएलगत्तै सिंहदरवारमा बसेको मन्त्रीपरिषद बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यक्ता अनुसार उत्साह र ईमान्दारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन् । त्यस अवसरमा उनले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामना समेत गरेको नवनियुक्त सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यसैगरी मन्त्रीपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ लाई स्विकृत गर्ने र मन्त्रीपरिषदका समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।

यसैबीच, सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेको बताएका छन् । उनले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको बताइ । प्रवक्ता कार्कीले हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तर्क गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);