प्रदेश १ संसद्‍मा सत्ता पक्ष र प्रतिपक्षको जुहारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश १ संसद्‍मा सत्ता पक्ष र प्रतिपक्षको जुहारी

विराटनगर । प्रदेश १ सभाको नवौँ तथा हिउँदे अधिवेशनको पहिलो बैठक सरकार बनाउने र टिकाउने भन्ने विषयमा केन्द्रित बनेको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले अधिवेशनमा विश्वासको मत लिने अपेक्षा गरिएको थियो । तर, उनले विश्वासको मत नलिने गरी अगाडि बढेपछि गठबन्धन दलहरू आक्रोशित भएका थिए । आक्रोशित बनेका उनीहरूले संसद्‍मा प्रदेश सरकारको विरोध गरेका थिए ।  

अहिले सरकार झन्डावाला गाडीमा चढ्नका लागि र मुख्यमन्त्रीको नाम लेखाउन मात्र आएको नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्र आङ्बोले आरोप लगाए । ‘उनलाई झन्डावाला गाडीमा हिँड्ने रहर थियो, त्यो पूरा भयो, नाम लेखाउने रहर पनि पूरा भयो । नयाँ भवनमा आएर फोटो खिचाउने रहर पनि पूरा भयो । अब पर्खिन सकिँदैन । नैतिकता छ भने राजीनामा दिनुहोस्’, आङ्बोले भने ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले पनि उनलाई राजीनामा दिन आग्रह गरे । जनता समाजवादी संसदीय दलका नेता जयराम यादवले शेरधन राईले आफ्नो प्रतिष्ठा जोगाए पनि आचार्यले जोगाउन नसकेको आरोप लगाए । 

यता, नेकपा एमालेका नेता हिक्मत कार्कीले भने सरकारले बहुमत पुर्‍याएर देखाउने दाबी गरेका छन् । साना दललाई लक्षित गर्दै उनले तीन, १०, १५ सिटकाले बहुमत पुर्‍याउने अनि ४१ सिट भएकाले चाहिँ अल्पमतमा पर्‍यो भन्नु गलत भएको बताए ।

नेकपा (एकीकृत समाजवादी)ले २८ भदौमा सरकारलाई दिएको समर्थन फिर्ता गरेकाले अल्पमतमा परको ३० दिनभित्रमा समर्थन लिएर बहुमत सिद्ध गर्नेसमेत उनको दाबी छ । गठबन्धन दलका नेताहरू भने बहुमत सांसदको हस्ताक्षर बोकेर प्रदेश प्रमुखकहाँ जाने तयारीमा जुटेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);